You are viewing the translated version of _ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन.

Rule 19
_ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन
(१) ऐनको दफा १८ को प्रयोजनका लागि देहाय बमोजिमको श्रेणीमा नाम दर्ता भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले देहाय बमोजिमको व्यवसाय सञ्चालन गर्न सक्नेछन्‌:-

(क) “क श्रेणी” : विज्ञता हासिल गरेको क्षेत्रसँग सम्बन्धित पशु रोगको पहिचान. र उपचार, भ्रूण प्रत्यारोपण, कृत्रिम गर्भाधान, पशु आहारा, पशु कल्याण, पशु पोषण, पशुजन्य खाच पदार्थ, पशु प्रजनन्‌, भेटेरिनरी जनस्वास्थ्य, पशु स्वास्थ्य तथा पशु सेवा अनुसन्धान, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी अन्य विधा र त्यस्तो विधाको विशेषज्ञ सेवा तथा परामर्श ।

(ख) “ख श्रेणी” : बिरामी पशुको स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचार तथा सोको लागि औषधि: लेखन, कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण; पशु पोषण, पशुजन्य खाच् पदार्थ, पशुको आहारा, भेटेरिनरी जनस्वास्थ्य सेवा, तालिम, प्रशिक्षण सहजीकरण, अनुसन्धानमा सहयोगी, शैक्षिक योग्यता र तालिमको सीमाभित्र रही पशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालन, पशु रोग निदानका लागि प्रयोगशाला सञ्चालन, क्यानल क्लब सञ्चालन।

(ग) “ग श्रेणी": शैक्षिक योग्यता तथा तालिमको सीमाभित्र रही बिरामी पशुको स्वास्थ्य परीक्षण, फागाल्रा णठ्जिाछ ए एणालाए लगा जान्रो छा औषधि लेखन, कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण, पशु पोषण, पशुजन्य खाद्य पदार्थ, पशुको आहारा, भेटेरिनरी जनस्वास्थ्य, शैक्षिक योग्यता र तालिमको सीमाभित्र रही पशु स्वास्थ्यसेवा क्लिनिक सञ्चालन, पशु रोग. निदानका लागि प्रयोगशाला सञ्चालन, क्यानल क्लब सञ्चालन।

(घ) “घ श्रेणी”: बिरामी पशुको आधारभूत स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचार तथा सोको लागि औषधि लेखन, तालिम लिएको व्यवसायीले कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण, पशुको आहारा, भेटेरिनरी जनस्वास्थ्य, ऐनको दफा १७ को खण्ड (घ) बमोजिमको शैक्षिक योग्यता र तालिमको सीमाभित्र रही आधारभूत क्लिनिक सञ्चालन, “पशुको आधारभूत रोग निदान, पशु प्रयोगशाला सञ्चालन, क्यानल क्लब सञ्चालन।

(२) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले उपनियम

(१) बमोजिमका व्यवसाय सञ्चालन गर्दा प्रचलित कानून तथा नियम २४ बमोजिमको आचारसंहिताको अधीनमा रही गर्नु पर्नेछ।